मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Saturday, 22 February, 2025
२o८१ फाल्गुण ९ शुक्रबार २२:४३:oo
Read Time : < 1 मिनेट
खेलकुद

अनुपम स्मृति फुटबल : हेटौँडा वडा नम्बर १५ र १८ फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार २२:४३:oo

मकवानपुरको सिस्नेरी पहिरोमा परी ज्यान गुमाएका हेटौँडा– १२ का अनुमप घलानको स्मृतिमा आयोजित १६ वर्षमुनिको हेटौँडा नगरस्तरीय फुटबल प्रतियोगितामा हेटौँडाको वडा नम्बर १५ र १८ फाइनल प्रवेश गरेका छन्। 

शुक्रबार भएको सेमिफाइनल खेलमा वडा नम्बर १५ ले ८ र १८ ले ९ नम्बर वडालाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा १५ नम्बर वडाले ८ नम्बर वडालाई २–० गोल अन्तरले हरायो । १५ नम्बर वडाको जितका लागि दुवै गोल रोहित डिम्डुङले गरे । उनले खेलको १२औँ र ५१औँ मिनेटमा गोल गरेका थिए । 

यस्तै, शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा १८ नम्बर वडाले ९ नम्बर वडालाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान बनायो । खेलमा सुरुवाती अग्रता बनाएको ९ नम्बरले त्यसलाई जोगाउन नसक्दा सेमिफाइनलबाटै बाहिरियो ।

९ नम्बर वडाका लागि सञ्जित कार्कीले पहिलो मिनेटमै गोल गरेका थिए । तर, १८ नम्बर वडाका अभिराज थापामगरले खेलको ३६औँ र ३९औँ मिनेटमा लगातार दुई गोल गर्दै टिमलाई जित दिलाए । यसअघि सेमिफाइनल प्रवेश गरेको १९ नम्बर वडाले १६ वर्षभन्दा माथि उमेर समूहको खेलाडी खेलाएको प्रमाणित भएपछि दाबी–विरोध लागेको थियो । १९ नम्बर वडा प्रतियोगिताबाट बाहिरिएपछि उसको स्थानमा ८ नम्बर वडाले सेमिफाइनल खेलेको हो। 

फाइनल खेल शनिबार दिउँसो हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नगरका १९ मध्ये १० वटा वडाको सहभागिता रहेको थियो ।