मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ९ शुक्रबार
  • Friday, 21 February, 2025
अमुल थापा काठमाडाैं
२o८१ फाल्गुण ९ शुक्रबार o७:oo:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

२० वर्षपछि काठमाडौंमा पाहुना चरा

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८१ फाल्गुण ९ शुक्रबार o७:oo:oo

दुर्लभ मानिएको चरो बैकल टियल (बैकल गैरे) २० वर्षपछि काठमाडौं उपत्यकामा देखिएको छ । चराविद् हेमसागर बरालका अनुसार पूर्वी साइबेरियामा बच्चा कोरल्ने र हिउँदयाममा प्रायः चीन, कोरिया र जापानमा देखिने यो चरा घुमन्ते मानिन्छ । धेरै वर्षको फरकमा नेपालमा पनि कहिलेकाहीँ आइपुग्छ । यसपटक ललितपुरको धापाखेलस्थित नागदहमा देखिएको छ ।

‘हामी यसलाई फिरन्ते चरा भन्छौँ, काठमाडौंसहित नेपालका केही भागमा यो भाले चरा यसअघि पनि आएको रेकर्ड छ । अहिले आएको पनि भाले नै हो,’ चराविद् बरालले भने, ‘खासमा यो चरा नेपालमा आउनुपर्नेचाहिँ होइन, बाटो बिर्सिएर आएको पनि हुन सक्छ ।’ उनका अनुसार यो चरा चीन, कोरिया र जापानमा बढी घुम्छ । नेपालमा यो चरा यसअघि कोशीको बर्जुताल, चितवनको नारायणी नदी क्षेत्र र नागदहमै देखा परेको थियो ।