ओडिसा प्रहरीद्वारा केआइआइटी विश्वविद्यालयका महानिर्देशकसहित पाँचजना पक्राउ

नेपाली विद्यार्थीको मृत्यु र दुर्व्यवहारमा जिम्मेवार रहेको दाबी

मंगलबार, ६ फागुन, २०८१
डिजिटल संस्करण

भारतको ओडिसा राज्य प्रहरीले केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार तथा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युबारे अनुसन्धान गर्न एकजना महानिर्देशक, दुई निर्देशक र दुईजना सुरक्षा गार्ड गरी पाँचजनालाई मंगलबार साँझ पक्राउ गरेको छ।

मानव स्रोत हेर्ने महानिर्देशक शिवानन्द मिश्र, प्रशासन निर्देशक प्रतापकुमार चमुपती र छात्रावास हेर्ने निर्देशक सुधीर रथ पक्राउ परेका हुन्। प्रहरीलाई उद्धृत गर्दै ओडिसा टेलिभिजनले यो समाचार प्रसारण गरेको छ।

यसअघि प्रहरीले दुईजना सुरक्षागार्ड रमाकान्त नायक र जोगेन्द्र बोहरालाई पक्राउ गरिसकेको छ। आत्महत्या दुरुत्साहन मुद्दामा विश्वविद्यालयका विद्यार्थी अद्विक श्रीवास्तवलाई सोमबारै पक्राउ गरेर अनुसन्धान थालिसकेको छ। राज्य सरकारले मंगलबारै घटनाबारे छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गरिसकेको छ।

सुझावित समाचार