Skip This
श्रीश भण्डारीको किशोर उपन्यास ‘अकथित’ बजारमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ९ शुक्रबार १८:४९:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

श्रीश भण्डारीको किशोर उपन्यास ‘अकथित’ बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार १८:४९:oo

लेखक तथा पत्रकार श्रीश भण्डारीको किशोर उपन्यास ‘अकथित’ बजारमा आएको छ। उपन्यास पछिल्लो समय बालबालिका र किशोरकिशोरीबिच बढ्दो परपीडक प्रवृत्तिका रूपमा देखापरेको ‘बुलिङ’को विषयवस्तुमा आधारित छ।

आफ्नै साथी, साना वा कमजोरलाई शारीरिक तथा मानसिक पीडा पुर्‍याएर त्यसबाटै आफू आनन्दित हुने प्रवृत्तिका कारण किशोरकिशोरीको व्यक्तित्व विकासमा आउन सक्ने अड्चन र उनीहरूले सामना गर्नुपर्ने कठिनाइलाई उपन्यासमा प्रस्तुत गरिएको छ।

‘हाम्रा विद्यालयका कक्षाकोठाहरूमा विद्यमान यस्ता सुषुप्त तर गम्भीर समस्याका कारण भोलिका दिनमा वयस्क भइसकेपछि पनि ती विद्यार्थीको जीवन समस्याग्रस्त नहोला भन्न सकिन्न,’ लेखकलाई उद्धृत गर्दै प्रकाशक संस्था इटर्नल पब्लिकेसनले भनेको छ।

प्रविधि प्रयोगमा आएको व्यापकतासँगै पछिल्लो समय सामाजिक सञ्जालमार्फत अनावश्यक सन्देश पठाउने, अश्लील शब्द, तस्बिर वा भिडियो पठाउने वा त्यस्तै भाषा प्रयोग गरेर दुःख दिने हर्कत बढ्दै गएका छन्। साइबर बुलिङअन्तर्गत पर्ने यस्ता क्रियाकलापहरूबाट बालबालिका र किशोरकिशोरी पनि उत्तिकै पीडित छन्। ‘अकथित’ उपन्यासमा साइबर बुलिङको यो पक्षलाई पनि समेटिएको छ।

उत्प्रेरणात्मक पुस्तक ‘अठोट’का लेखक श्रीष भण्डारीको यो चौथो पुस्तक हो। इटर्नल पब्लिकेसनले प्रकाशन गरेको यो किताबको मूल्य २७५ रुपैयाँ रहेको छ।