Skip This
‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ कार्तिक ९ शुक्रबार १८:२६:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार १८:२६:oo

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र एपेक नेपालको संयुक्त आयोजनामा शुक्रबार ‘काव्य–चित्र सिर्जना उत्सव’ स्थलगत काव्य–चित्र सिर्जना कार्यक्रम सम्पन्न भएको छ।

यस उत्सवअन्तर्गत १५ जना कवि विश्वमोहन श्रेष्ठ, राजेन्द्र सलभ, विधान आचार्य, स्नेह सायमि, किशोर पहाडी, गीता कार्की, मोमिला, रजनी ढकाल, मणि लोहनी, बाबु त्रिपाठी, प्रज्ज्वल अधिकारी, सुमन थापा, अनिता लामा, ओम रिजाल, दीप दर्पणका कवितामा आधारित रहेर क्रमशः १५ जना कलाकार दिनेश्वर महतो, अरुणा हिङमाङ, सौरगंगा दर्शनधारी, सन्तोष राई, दीपेन्द्रमान बनेपाली, देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, सञ्जय बान्तवा राई, किरण मानन्धर, रमेशनाथ खनाल, नरेन्द्रबहादुर श्रेष्ठ, केशवराज खनाल, राधेश्याम मुल्मी, विपना महर्जन, के.के. कर्माचार्य र सुन्दर लामाले कला सिर्जना गरेका थिए।

कलाकृति सिर्जनापश्चात् आयोजित औपचारिक कार्यक्रममा कविहरूले कविता वाचन गरेका थिए।

समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा राईले ललितकलामा यो कार्यक्रम फरक प्रयोग भएको बताए। उनले साहित्यकार तथा ललितकलाकर्मीलाई जोड्न यस्ता कार्यक्रम सहयोगी हुने बताए। एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग सहकार्यमा पहिलोपटक यस कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए।