Skip This
सेकाहा र सभापोखरी अरुणभ्याली फुटबलको सेमिफाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ कार्तिक ९ शुक्रबार १८:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सेकाहा र सभापोखरी अरुणभ्याली फुटबलको सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार १८:४o:oo

सेकाहा क्लब र सभापोखरी क्लब  संखुवासभामा जारी अरुणभ्याली फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार भएको दुई खेलबाट सेकाहा क्लब र सभापोखरी क्लब सेमिफाइनलमा प्रवेश गरेका हुन्।

सेकाहा र आयोजक एडभान्स क्लबबिच भएको पहिलो खेलमा सेकाहाले २–१ ले जित निकाल्यो। प्रतियोगिताको उपाधि दाबेदार मानिएको र विगतमा थुप्रैपटक ट्रफी उचालिसकेका खाँदबारी युथ क्लब र आयोजक एडभान्स क्लबलाई हराउँदै सेकाहा क्लबले प्रतियोगिताको सेमिफाइनलसम्मको यात्रा तय गरेको हो।

त्यसैगरी, पाथीभरा क्लब सुनसरीलाई ३–० ले पराजित गर्दै सभापोखरी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयभित्र पाथीभरा क्लबले एक गोल पनि फर्काउन सकेन। तीनपोखरी क्लब र पाथीभरा क्लबलाई हराउँदै सभापोखरी सेमिफाइनलसम्म पुगेको हो।

जिल्लाको खाँदबारी नगरपालिका– ३ मानेभञ्ज्याङमा एडभान्स क्लबको आयोजनामा नवौँ संस्करणको अरुणभ्याल्ली फुटबल प्रतियोगिता चलिरहेको छ। कात्तिक ७ देखि सुरु भएको प्रतियोगिता १२ गते समापन हुनेछ।