Skip This
होटेल संघ पोखरामा सुवेदी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024
२o८१ कार्तिक ९ शुक्रबार १८:o४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

होटेल संघ पोखरामा सुवेदी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार १८:o४:oo

होटेल संघ पोखरा नेपालको अध्यक्षमा लक्ष्मण सुवेदी दोसो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। संघको पोखरामा सम्पन्न २१औँ अधिवेशन तथा ४२औँ साधारणसभाले सुवेदीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

समितिको प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्वितीय उपाध्यक्षमा गणेशराज पहारी, महासचिवमा राजेन्द्र ढकाल र सचिवमा पार्वता पाण्डे, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल र सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भए छन्।

अधिवेशनले समितिको सदस्यहरूमा भरतराज शर्मा, डिल्लीराम गौतम, पञ्चम लामा, शिवराज पहारी र प्रतीकराज पहारी निर्वाचन गरेको छ। स्टार र ननस्टार होटेलहरूका तर्फबाट ६–६ जना गरी १२ जना निर्वाचित हुँदा निवर्तमान अध्यक्षसँगै समितिमा चारजना निर्वाचित समितिले मनोनीत गर्नेछ।

अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै यसलाई सोहीअनुसार देश–विदेशमा परिचित गराउन आवश्यक कामहरू भइरहेको बताएका थिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न हरसम्भव पहल सुरु गरिएको, पोखरा आउने पर्यटकको तथ्यांक राख्ने, पोखरालाई सफा र सुन्दर राख्नका लागि सरसफाइ कर्मचारीहरूको संख्या बढाइएको जानकारी दिएका थिए।