Skip This
रास्वपालक्षित सत्तागठबन्धनको वक्तव्य : भिड जम्मा गरेर अनुसन्धान प्रभावित गर्नु लोकतन्त्रविपरीत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024
मुख्य समाचार डिजिटल संस्करण

रास्वपालक्षित सत्तागठबन्धनको वक्तव्य : भिड जम्मा गरेर अनुसन्धान प्रभावित गर्नु लोकतन्त्रविपरीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक ९ शुक्रबार १७:५o:oo

सत्तारूढ गठबन्धनले सहकारी ठगी प्रकरणको अनुसन्धान र अभियोजनको प्रक्रियालाई प्रभावित गर्ने उद्देश्यले गतिविधिहरू सुरु भएका भन्दै गम्भीर असहमति प्रकट गरेको छ।

शुक्रबार बालुवाटारमा बसेको बैठकपछि ‘सरकारलाई प्रभावकारी बनाउन’  साझा दृष्टिकोण सार्वजनिक गर्दै सत्तागठबन्धनले वक्तव्यमार्फत भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने गतिविधिहरू भइरहेकाे बताएकाे छ।

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि उक्त पार्टीका नेता–कार्यकर्ताले आन्दोलन गरिरहेका छन्। रास्वपाको नाम नलिई सत्तागठबन्धनले संसदीय छानबिन विशेष समितिले सर्वसम्मत तयार गरेको प्रतिवेदनका आधारमा अनुसन्धान सुरु भएको प्रस्ट पारेको छ।

‘पछिल्ला दिनमा अनुसन्धान र अभियोजनको प्रक्रियालाई नै प्रभावित गर्ने उद्देश्यले गतिविधिहरू सुरु भएका छन्। भिड जम्मा गरेर अनुसन्धानको प्रक्रियालाई प्रभावित गर्ने र न्यायालयमाथि दबाब दिने गतिविधिहरू लोकतन्त्र र विधिको शासनविपरीत कुरा हो। यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ। सहकारीसम्बन्धी  संसदीय छानबिन समितिका सबै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्नेछ,’ गठबन्धनले भनेको छ।