१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
न्युयोर्क
२o८१ असोज १५ मंगलबार १o:o१:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

फसेका यात्री लिन अन्तरिक्षमा पुग्यो ‘ड्रयागन क्याप्सुल’

Read Time : < 1 मिनेट
न्युयोर्क
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १o:o१:oo

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउने अन्तरिक्षयान त्यहाँ पुगेको छ । 

दुई अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्काउने प्रयासस्वरूप ‘स्पेसएक्स मिसन’को ‘ड्रयागन क्याप्सुल’ आइएसएससँग जोडिएको छ । फाल्कन–९ रकेटले फ्लोरिडाको केप क्यानवेरलबाट शनिबार अपराह्न उडान भरेको थियो । 

ड्रयागन क्याप्सुलले आइतबार साँझ आइएसएससँग सम्पर्क गरेको थियो । क्याप्सुल आइएसएससँग जोडिएपछि नासाका अन्तरिक्षयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभले सहकर्मीलाई अँगालो हालेका थिए । 

‘म ड्रयागन क्याप्सुललाई स्वागत गर्न चाहन्छु,’ फसेका दुई अन्तरिक्षयात्रीमध्ये एक यात्री सुनीता विलियम्सले भनिन् । हेग र गोर्बुनोभ फेब्रुअरीमा अन्तरिक्ष स्टेसनबाट फर्किंदा उनीहरूले अन्तरिक्षविद् विलियम्स र बुच विल्मोरलाई पनि सँगै ल्याउनेछन् । 

बोइङले डिजाइन गरेको अन्तरिक्षयान (स्टारलाइनर) को समस्याका कारण आइएसएसमा उनीहरूको बसाइ महिनौँ लम्बिएको थियो । विल्मोर र विलियम्सलाई गत जुनमा आइएसएसमा पुर्‍याउँदा नयाँ विकसित स्टारलाइनरले चालक दलसहितको आफ्नो पहिलो उडान गरेको  थियो । 

उनीहरू त्यहाँ केवल आठ दिनका लागि गएका थिए । तर, स्टारलाइनरको ‘प्रोपल्सन सिस्टम’मा समस्या देखा परेपछि नासाले योजना परिवर्तन गर्न बाध्य भएको थियो ।