
धादिङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई गृह मन्त्रालयले हटाएको छ। सिडिओ राजेन्द्रदेव पाण्डे र एसपी गौतम केसीलाई जिम्मेवारीबाट हटाइएको हो।
विपतकाे समयमा समन्वय गरेर काम गर्न नसकेको निष्कर्षका आधारमा उनीहरूलाई सरुवा गरिएको मन्त्रालयले जनाएको छ। जिल्लामा लामो समयदेखि सिडिओ र एसपीबिच सम्बन्ध राम्रो थिएन। जसको असर शान्ति सुरक्षामा समेत परेको छ।
सुरुमा सिडिओ मात्र हटाउने निर्णय भएकोमा पछि एसपीलाई समेत हटाइएको हो। धादिङको सिडिओमा सुमन घिमिरे र प्रहरी प्रमुखमा एसपी दीपेन्द्र शाहीलाई खटाइएको छ।
त्यस्तै, विपतकाे समयमा बिदामा बसेका काभ्रेका सिडिओ सूर्यप्रसाद सेढाइँलाई पनि हटाइएको छ। काभ्रेमा सहसचिव उमेश ढकाललाई खटाइएको छ।