१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असोज १५ मंगलबार १२:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी दुर्घटना न्यूनीकरण गर्न चालकलाई हेल्मेट उपहार 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १२:२३:oo

कञ्चनपुरमा एक वडा कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न चालकलाई नयाँ हेल्मेट उपहार दिएको छ। दोधाराचाँदनी नगरपालिका ६ नम्बर वडा कार्यालयले सिर्जनात्मक रूपमा हेल्मेटविनै मोटरसाइकल, स्कुटी चलाउने चालकलाई नयाँ हेल्मेट उपहार दिएको हो। दोधाराचाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओम बस्नेतले सडकमा विनाहेल्मेट सवारीसाधन कुदाउने मोटरसाइकलनीलाई ट्राफिक सचेतनाका साथै हेल्मेट वितरण गराएको बताए। 

‘हामीले सडकमा यसपटक नयाँ ढंगले सवारी दुर्घटना रोक्ने उद्देश्यले चालकलाई ट्राफिक सचेतना गराएका छौँ,’ वडाध्यक्ष बस्नेतले भने, ‘लाखौँको सवारीसाधन किन्ने, तर हेल्मेट नलगाउने चालकलाई हामीले लज्जाबोधसहित हेल्मेट दिएका छौँ ।’

इलाका प्रहरी कार्यालय दोधारा, स्थानीय ट्राफिक प्रहरीसहितको उपस्थितिमा सचेतनासहित पहिलो दिन विनाहेल्मेट मोटरसाइकल, स्कुटी चलाउने १० चालकलाई हेल्मेट वितरण गरेको वडाध्यक्ष बस्नेतले बताए ।

ट्राफिक सचेतना दोधारा–चाँदनी नगरकै ६ नम्बर वडा क्षेत्रमा सवारीसाधनको चाप बढ्ने भएकाले विनाकारण सवारीसाधन दुर्घटना हुने भएकाले सवारी दुर्घटनाबाट अकालमै ज्यान गुमाउनेदेखि अंगभंगबाट मानिसको ज्यान सुरक्षाका लागि उक्त सिर्जनात्मक कार्यक्रम गरिएको अध्यक्ष बस्नेतले बताए।

दसैँ, तिहार नजिकिँदै जाँदा वडा कार्यालयले आफ्नो वडा क्षेत्रमा उक्त कार्यक्रम गरेको र भावी दिनमा पनि नागरिक सचेतना कार्यक्रम गर्दै जाने उनले बताए ।