१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असोज १५ मंगलबार १५:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यात्रुको स्वास्थ्यका लागि बसपार्कमा भीमदत्तको हेल्थडेस्क 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १५:o७:oo

कञ्चनपुरको एक स्थानीय सरकारले यात्रुको सुरक्षाका लागि हेल्थडेस्क निर्माण गरेको छ। भीमदत्त नगरपालिकाले महेन्द्रनगर बसपार्कमा यात्रुको सुरक्षाका लागि हेल्थडेस्क निर्माण गरेको हो। नेपालीहरूको महान् पर्व बडादसैँ, दीपावली र छठ पर्वको अवसरमा भीमदत्त नगरपालिकाले यात्रुको सुरक्षाका लागि निःशुल्क स्वास्थ्य डेस्क सञ्चालन गरेको छ । मंगलबार एक कार्यक्रमबिच नगरप्रमुख पदम बोगटीले स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै हेल्थडेक्सबाट सेवा सुरु गरिएको घोषणा गरेका छन् । 

नगरप्रमुख बोगटीले यात्रुहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै निःशुल्क हेल्थडेस्क सञ्चालन गरिएको बताए । ‘यात्रा गर्दा बाटोमा थुप्रै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ,’ नगरप्रमुख बोगटीले भने, ‘यात्रुहरूको स्वास्थ्य सुरक्षाका लागि यो हेल्थडेक्स सञ्चालन गरिएको हो।’ मेयर बोगटीले छठसम्मै हेल्थेडेस्क सञ्चालन हुने बताउँदै यात्रुदेखि बसका चालक, सहचालकलाई सेवा प्रदान गर्न आग्रह गरेका छन्। मेयर बोगटीले महेन्द्रनगर बसपार्कको विकास तथा संरक्षणका लागि समेत आफू प्रतिबद्ध रहेको बताए ।

भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले बसपार्कमा राखिएको हेल्थडेस्कमार्फत यात्रुको प्राथमिक उपचार, ब्लडप्रेसर चेकजाँच, ज्वरो चेकजाँच र आवश्यक औषधि निःशुल्क उपलब्ध गराइने बताए। नगर उपप्रमुख नीलम लेखक जोशीले बसपार्कलाई व्यवस्थित बनाउन नगरपालिकाले बजेट कार्यक्रमको व्यवस्था गरेको बताइन्।

महाकाली यातायात प्रालिका अध्यक्ष डम्मर पन्तले यात्रुको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले हेल्थडेक्स स्थापनाले यात्रुलाई सेवा प्रवाहमा सुविधा हुने बताए। बसमा छोटो तथा लामो यात्रा गर्दा आइपर्ने समस्या समाधानका लागि हेल्थडेस्क प्रभावित हुने बताए ।