१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १५ मंगलबार १६:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तापक्ष–प्रतिपक्ष नभनी पुनर्स्थापना र पुनर्निर्माणमा हातेमालो गर्न प्रचण्डको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १६:२७:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत् व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढाउन आग्रह गरेका छन्।

प्राकृतिक विपत्तिमा परेका नागरिकका लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको काठमाडौं बल्खुस्थित सुकुम्बासी बस्तीमा उद्घाटन गर्दै यस्तो आग्रह गरेका हुन्।

मौसमको पूर्वानुमान हुँदाहुँदै सरकारले विपत् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उनले बताए। प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको वेलामा सत्तापक्ष–विपक्ष नभनी हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गरे।

०७२ सालको भूकम्पको वेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रूपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उनले यसपटक पनि जनताको पीडा र दुःखमा साथ दिन पूर्ण रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।