लाखौँ सहकारीपीडितहरू आफ्नो बचत फिर्ता गर्न आन्दोलन गर्दै आएका छन्। सरकार गम्भीर नहुँदा बचत फिर्ता प्रभावकारी हुन नसकेको आरोप लागिरहेको छ ।
अवस्था कस्तोसम्म छ भने बचतकर्ताको पैसाबाट सहकारीका सञ्चालकले खरिद गरेका करोडौँका गाडीसमेत कबाड बनिरहेका छन्, त्यो पनि देशको प्रशासनिक केन्द्र सिंहदरबारभित्रै । यस्ता गाडी समयमा लिलाम हुन सकेको अवस्थामा सहकारीपीडितको पैसा फिर्ता गर्न केहीहदसम्म सहज हुनेमा राज्यले त्यसमा चासो दिएको छैन।
भिडियो रिपोर्टः