मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Tuesday, 07 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २१ आइतबार २o:२६:oo
Read Time : < 1 मिनेट
समाचार

काठमाडौं जेसिसका नवनिर्वाचित पदाधिकारीद्वारा पदस्थापन एवं शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार २o:२६:oo

काठमाडौं जेसिजको वर्ष २०२५ को नवनिर्वाचित पदाधिकारीको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पनन भएको छ । शनिबार कुण्डलिनी दरबार ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा उनीहरुले पदस्थापन तथा सपथ ग्रहण गरेका हुन् ।

सो अवसरमा काठमाडौं जेसिजको सन् २०२४ को कार्यकारिणी समितिले सन् २०२५ का लागि नयाँ कार्यकारिणी समितिलाई पदस्थापन गर्दै शाखालाई थप शशक्त र सुदृढ बनाउँदै लैजाने बताएका थिए ।

निवर्तमान अध्यक्ष अन्जिला खड्काले नवनिर्वाचित अध्यक्ष श्याम कुमार घिमिरेलाई जिम्मेवारी हस्तान्तरण गर्दै पद तथा गोपनियताको सपथग्रहण गराएका थिए । यस्तै, अध्यक्ष घिमिरेले कार्यकारिणी उपाध्यक्षमा बसन्त तामाङ, गोविन्द ओझा, विकास श्रेष्ठ (मिलन) महासचिवमा नवराज भण्डारी कोषाध्यक्ष निरज कार्की र कानुनी सल्लाहकारमा करुणा थापा उपाध्यक्षहरु क्रमशः मनोज आचार्य, सुनिल श्रेष्ठ, सुमन मैनाली, प्रसिस पौडेल, दुर्गा थापा र दिपक लामिछानेलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष घिमिरेले आफ्नो कार्यकालमा काठमाडौं जेसीज अझैं सशक्त भई अगाडि बढ्ने बताए ।