मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १५ सोमबार
  • Thursday, 02 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १५ सोमबार २o:२४:oo
Read Time : > 1 मिनेट
समाचार

३४ करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा कृषि विकास बैंकका कर्मचारीसहित तीनजना दोषी ठहर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १५ सोमबार २o:२४:oo

कृषि विकास बैंकको करिब ३४ करोड रुपैयाँ ठगी गरी विदेश लगेर शुद्धीकरण गर्ने तीनजना सम्पत्ति शुद्धीकरण कसुरमा पनि दोषी ठहर भएका छन्। विशेष अदालतले आइतबार बैंकका तत्कालीन अधिकृत केदारप्रसाद गौतमसहितलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि २२ पुसको पेसी तोकेको हो। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत ५ चैतमा सूर्यबहादुर लिम्बू, कृष्णहरि थापा र केदारप्रसाद गौतमविरुद्ध मुद्दा चलाएको थियो। उनीहरूलाई विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले दोषी ठहर गरेको हो। 

यी तीनैजना प्रतिवादीहरूलाई यसअघि नै भ्रष्टाचार, बैंकिङ कसुर तथा सरकारी कागजात किर्तेको मुद्दासमेत दायर भइसकेको छ। यी मुद्दामा सर्वोच्च अदालतबाट पनि सुरु सदरको फैसला भएको भन्दै विशेषले यस मुद्दामा पनि ठहर हुने फैसला गरेको हो। प्रतिवादीहरूले ३३ करोड ९३ लाख रुपैयाँभन्दा बढी सम्पत्ति कसुरबाट आर्जन गरेको र तह–तह हस्तान्तरण तथा रूपान्तरण गरेको निष्कर्ष विशेषको छ। 

गौतमले आफ्नो नाम तेजबहादुर थापा राखेर कारोबार गरेका थिए। यस मुद्दामा अनुसन्धानपछि २१ भदौ ०७२ मा सरकारी वकिलले विभागमा पनि अनुसन्धानका लागि पत्राचार गरेको थियो। गौतमले थापासमेतको मिलेमतोमा योजनाबद्ध तरिकाले हुँदै नभएको व्यक्तिका नाममा खाता खोली रकम ट्रान्सफर गरेको भेटिएको थियो। यस मुद्दामा दर्जनजति प्रतिवादी भए पनि सम्पत्ति शुद्धीकरणको कसुरमा भने तीनजना प्रतिवादी कायम गरिएकोमा उनीहरूमाथि कसुर कायमको फैसला भएको हो।

बैंकको स्वयम्भू शाखाका कर्मचारी गौतमले २०७१ सालमा विभिन्न नक्कली खाता बनाएर बैंकको २३ करोड ९३ लाख रुपैयाँ स्थानान्तरण गरेका थिए। त्यसरी स्थानान्तरण गरिएको पैसा हुन्डीमार्फत भारत लगिएको थियो। पछि जागिर छाडेर तेजबहादुर थापाको नाममा पासपोर्ट बनाएर कान्छी श्रीमती पोर्चुगल जान खोज्ने क्रममा सिआइबीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो। 

ठगी गरेको पैसा विदेश लगेर शुद्धीकरण गरेको कसुरमा छुट्टै मुद्दा दायर भएकोमा त्यसमा पनि उनी दोषी ठहर भएका हुन्। दोषी ठहर हुने कृष्णहरि थापा नामक व्यक्ति भने अझै पत्ता लागेका छैनन्। उनकै योजनामा आफूले बैंकको सिस्टममा खेलेर पैसा स्थानान्तरण गरेको गौतमको बयान थियो। भारतमा बस्ने भनिएका थापाको ठेगानासमेत प्रहरीले पत्ता लगाउन सकेको छैन।