मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Saturday, 04 January, 2025
२o८१ पौष १७ बुधबार १o:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बसको ठक्करबाट इन्स्पेक्टरको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार १o:o२:oo

सर्लाहीमा बसको ठक्करबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)को मृत्यु भएको छ ।

मंगलबार राति करिब  नौ  बजेको समयमा सर्लाहीको बलरा नगरपालिका– ९ बिओपी छतौनाको कार्यालयअगाडि बा.प्र ०१–००६ ख २००४ नम्बरको बसको ठक्करबाट बिओपी छतौनामा कार्यरत ४२ वर्षीय प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार श्रेष्ठका अनुसार बसको ठक्करबाट घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा राति १० बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए। ठक्कर दिने बस, बसको चालक, सहचालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीले कारबाही अघि बढाएको छ।