मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १८ बिहीबार
  • Saturday, 04 January, 2025
२o८१ पौष १८ बिहीबार १८:२३:oo
Read Time : < 1 मिनेट
समाचार

सुदूरपश्चिम प्रदेश योजना आयोगको अध्यक्षमा राना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १८ बिहीबार १८:२३:oo

सुदूरपश्चिम प्रदेश नीति थता योजना आयोगको उपाध्यक्षमा डा. जीवन राना नियुक्त भएकी छिन्। प्रदेश मन्त्रिपरिषद् बैठकले बिहीबार रानालाई उपाध्यक्ष नियुक्त गरेको हो।

यस्तै, सदस्यमा डा. हिरा चन्द र शेरबहादुर भण्डारी नियुक्त भएका छन्। नवनियुक्त उपाध्यक्ष रानासहित आयोगका सदस्यहरूले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। आयोगको उपाध्यक्ष र सदस्य सत्तारूढ कांग्रेस र एमालेले भागबन्डामा नियुक्त गरेका हुन्।

उपाध्यक्ष राना कांग्रेसका केन्द्रीय सदस्य हुन् । कैलालीको धनगढी उपमहानगरपालिकानिवासी रानाले ‘सोसियो कल्चरल लाइफ अफ रानाथारू’ विषयमा नेपाल संस्कृत विश्वविद्यालय बेल्झुन्डी दाङबाट विद्यावारिधि गरेकी छिन्। 

यस्तै, सदस्य भण्डारी कांग्रेस डडेल्धुराका सचिव हुन्। चन्द एमाले कञ्चनपुरका नेता हुन्। नवनियुक्त उपाध्यक्षलाई मुख्यमन्त्री कमलबहादुर शाह र सदस्यलाई उपाध्यक्ष रानाले पद तथा गोपनीयताको शपथ गराएका छन्।

एकीकृत समाजवादी नेतृत्वको प्रदेश सरकार गत असारमा ढलेसँगै आयोगका निवर्तमान उपाध्यक्ष गणेशबहादुर विकेले पदबाट राजीनामा दिएका थिए। तर, गठबन्धनबिच भागबन्डा नमिल्दा लामो समयसम्म उनको राजीनामा स्वीकृत भएको थिएन। राना आयोगको पाँचौँ उपाध्यक्ष हुन्।