१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
रमेश रावल सुर्खेत
२o८१ असोज १५ मंगलबार १६:३९:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारले बाढीपीडितलाई ५० लाख सहयोग गर्ने

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १६:३९:oo

कर्णाली प्रदेश सरकारले काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बाढीपहिरोबाट पीडितका लागि ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।

मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख  सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

त्यस्तै, कर्णाली प्रदेश सभाको चालू अधिवेशन २०८१ असोज १५ गते राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।