१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १५ मंगलबार १५:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उच्च अंकले बढेर नेप्से २६ सय विन्दुमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १५:३५:oo

साढे चार प्रतिशतले बढ्दै नेप्से पुनः २६ सय विन्दुबाट माथि लागेको छ। लगातारजसाे घटिरहेकाे नेप्से परिसूचक मंगलबार ११४.७० अंकले बढेर दुई हजार ६ सय २३.५६ विन्दुमा पुगेको हो।

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ प्रतिशतभन्दा धेरैले बढेको छ।

आज ३०७ कम्पनीको एक करोड ७५ लाख सात हजार कित्ता सेयर सात अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। यसअघि सोमबार तीन अर्ब ६५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।

यस दिन वित्त समूह झन्डै १० प्रतिशतले बढ्दा लगानी ६.१०, जलविद्युत् ५.९८, होटेल तथा पर्यटन ५.९७ र विकास बैंक ५.४८ प्रतिशतले बढेका छन्।

एनएमबि ५०, कामना सेवा विकास बैंक डिबेन्चर, एनआइबिएल स्टेबल फन्डका लगानीकर्ताले सर्वाधिक तीन प्रतिशतभन्दा धेरै गुमाउँदा २१ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।