१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १५ मंगलबार १५:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय सुनुवाइ समितिमा प्रविधिको प्रयोग गरी उजुरीकर्तासँग छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १५:o८:oo

संसदीय सुनुवाइ समितिमा प्रविधिको प्रयोग गरी उजुरीकर्तासँग छलफल गरिएको छ। अमेरिकामा बसोवास गरिरहेका पूर्वसैनिक अधिकृत प्रज्ज्वल बस्नेतसँग समितिले ‘जुम’मार्फत छलफल गरेको हो।

संविधानसँग बाझिएको सैनिक ऐन संशोधनमा सर्वोच्च अदालतले आफ्नै फैसला कार्यान्वयन गराउन असक्षम रहेको, न्यायाधीशहरू सेनासँग सम्बन्धित विषयमा निर्णय गर्न डराएको भन्दै बस्नेतले प्रकाशमानसिंह राउतविरुद्ध उजुरी दिएका छन्।

संसदीय सुनुवाइ समितिमा पहिलोपटक प्रविधिको प्रयोग गरेर भर्चुअल रूपमा उजुरीकर्तासँग छलफल गरिएको संसद् सचिवालयले जनाएको छ।

समितिमा प्रधानन्यायाधीश सिफारिस राउतविरुद्धको उजुरीमा छलफल जारी छ।