१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
२o८१ असोज १५ मंगलबार १४:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङको हिमताल पर्यटकको रोजाइमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १४:३७:oo

हिमाली जिल्ला मनाङको हिमताल पर्यटकको रोजाइमा परेको छ । मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा जिल्लाकै सबैभन्दा बढी ताल रहेका छन्। मनाङका तालले पर्यटकलाई आकर्षित गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले बताउँछन्।

पछिल्लो समय दसैँ र तिहार बिदामा पनि आन्तरिक र बाह्य पर्यटक हिमताल हेर्नकै लागि आउने गरेको बताए । मनाङ आएका पर्यटकलाई विशेषगरी ताल, हिमशृंखला, झरनाले आकर्षित गरेको छ। विशेषगरी मनाङ पुग्ने पर्यटक हिमतालमा रमाउने गर्छन् । 

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले यहाँका ताललाई सुरक्षित र संरक्षणका लागि बजेट छुट्याएको बताए। पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, हिमताल हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ, कोही पोखरा जानका लागि मनाङको अन्नपूर्ण पदमार्गमा आउने गर्छन्। अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ। 

मनाङमा तिलिचो ताल कजिनसरा ताल, ढुकुर पोखरी, ग्रिन लेक, क्लिन लेक, डोना ताल, गंगापूर्ण ताल, आइसलेक, पांकर ताल छन्। यहाँका तालसम्म पुग्ने बाटो बनाउने र तालसम्म पुग्ने पूर्वाधार निर्माणका लागि स्थनीय तह लागिपरेको छ ।