१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
२o८१ असोज १५ मंगलबार १२:oo:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुरमा थप ६ जनाको शव भेटियो, मृतकको संख्या ४० पुग्यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १२:oo:oo

वर्षाजन्य विपतमा परी ललितपुरमा मृत्यु भएका थप ६ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले आज दिएको जानकारीअनुसार विपत्तिको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र आज बिहानसम्म थप ६ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो ।  

फेला परेका शवमध्ये १७ जनाको शव पोस्टमार्टम भई आफन्तले बुझेर लगेको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी गराइन्। ‘पाटन अस्पतालमा आएका शवमध्ये १७ जनाको शव पोस्टमार्टम भइ आफन्तले बुझेर लैजानुभएको छ, अरू फेला परेका शवलाई प्रहरीको सहयोग र समन्वयमा पोस्टमार्टमका लागि पाटन ल्याउने काम भइरहेको छ,’ उनले भनिन् । 

नेपाल प्रहरीले आज बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार महांकाल गाउँपालिका– २ मानिखेल लक्ष्यवास बस्ने वर्ष नाै का आयुष स्याङ्तान, महांकाल– २ ठोस्ने खोला बस्ने एकै परिवारका वर्ष ४० की राममाया स्याङ्तान, निजका छोरा वर्ष १४ का अजय स्याङ्तान, अर्का छोरा वर्ष ११ का सुवास स्याङ्तान र छोरी वर्ष नौकी सलिना स्याङ्तानको शव फेला परेको छ ।

प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार वर्षाजन्य विपतमा परेर अझै १० जना बेपत्ता रहेका छन् । प्रहरीले अद्यावधिक गरेको तथ्यांंकअनुसार महांकाल– ३ गोटीखेल बस्ने ईश्वर तिमल्सिना, उनकी आमा र श्रीमती गोमा असोज १२ गतेबाट बेपत्ता छन्।

त्यस्तै, रौतहट घर भई ललितपुर महानगरपालिका– १४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष पाँचका सेतु साह, ओखलढुंगा घर भई ललितपुर बस्ने वर्ष ४० का देवराज कार्की, रौतहट गौर गाउँपालिका– ६ घर भई ललितपुर– १४ नखिपोट कान्तिपुर कोलोनी बस्ने वर्ष ३२ का बिकाउ साह बेपत्ता छन्।

गोदावरी नगरपालिका– ६ आनन्दवन अस्पतालमा काम गरी बस्ने वर्ष ३० का विवेक सिंह, बागमती गाउँपालिका– १ घुसेलका वर्ष ५० का केशव न्यौपाने, महांकाल वडा नं. २ बस्ने  वर्ष १२ की सञ्जिता स्याङ्तान, वर्ष ३५ का छविलाल स्याङ्तान र छविलालकी भाउजू (नाम नखुलेको) बेपत्ता छन्।