१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
२o८१ असोज १५ मंगलबार ११:४२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लाकाे सुपथ मूल्य पसलमा चामल लिनेको भिड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार ११:४२:oo

जुम्लामा आइतबारदेखि दसैँ–तिहालक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । सुपथ मूल्य पसल सञ्चालनमा आएसँगै चामल किन्नेको भिड बढेको छ । अहिले बजार निकै महँगो छ । बजारमा २५ केजीको मसिनो आशीर्वाद चामलको मूल्य दुई हजार ८५० रुपैयाँ पर्छ । त्यही किसिमको मसिनो चामल दसैँ–तिहारको अवसरमा खाद्यले दुई हजार २७५ रुपैयाँमा दिन लागेपछि भिड थेगिनसक्नु भएको हो । 

प्रतिकेजी पाँच रुपैयाँ र प्रतिबोरामा १२५ रुपैयाँ छुट भएपछि चामल लिन स्थानीयको भिड लागेको हो ।  भिडलाई रोक्न प्रतिव्यक्ति दुई बोरा उपलब्ध गराइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका प्रमुख सन्तोष तिवारीले  सहुलियत मूल्य पसल सञ्चालन गर्न  पाँच हजार क्विन्टल  चामल छुट्याइएको बताए । 

जसमा जिल्ला शाखाका लागि २५ सय क्विन्टल चामल छुट्याइएको छ ।  जुम्लाकोट डिपोका लागि पाँच सय, धाँपा डिपोका लागि पाँच सय, तातोपानीको बिक्री केन्द्र पाथरखोलाका लागि पाँच सय, पातारासीको लुम र हिमाको बाजागाड वितरण केन्द्रका लागि ५५ सय क्विन्टल चामल छुट्याइएको  प्रमुख तिवारीले बताए ।

उनले भने, ‘सुपथ मूल्य पसल सञ्चालन आगामी माघ २ गतेसम्म हुनेछ । पहिलो दिन निकै भिड देखिएको छ । दसैँ–तिहार अवधिभर जुम्लामा खाधान्न अभाव हुनेछैन । बिस्तारै अनुकूलताअनुसार चामल लिन सकिनेछ ।’

माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन  हुने भएकाले अभाव भएको खण्डमा पनि थप कोटा माग गरिनेछ।फूलपातीको अघिल्लो दिन असोज २३ गतेसम्म चामल वितरण हुने उनकाे भनाइ छ । दसैँ बिदा सकिएपछि पुनः सुरु हुनेछ । खाद्यले हाल स्ट्रिम जिरा मसिनो, अरुवा मोटा र सोना मन्सुली चामल बिक्री गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका जिन्सी शाखा प्रमुख लक्ष्मण शर्माले बताए ।

उनका अनुसार सहुलियत मूल्य पसल सञ्चालनपछि छुट दिँदा दुई हजार चार सय पर्ने स्ट्रिम जिरा चामल छुटपछि २२ सय ७५, प्रतिबोरा पर्नेछ । १६ सय ७५ रुपैयाँ पर्ने अरुवा मोटा छुटपछि १५ सय ५० र १७ सय ५० रुपैयाँ पर्ने सोना मन्सुली छुटपछि १६ सय २५ रुपैयाँमा बिक्री हुनेछ ।

चामल प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म वितरण हुनेछ ।