१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
रासस वाशिङ्टनडिसी
२o८१ असोज १५ मंगलबार ११:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री राणा र एमसिसीका प्रमुख कार्यकारीबिच भेटवार्ता    

Read Time : < 1 मिनेट
रासस, वाशिङ्टनडिसी
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार ११:४४:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबिच सोमबार भेटवार्ता भएको छ ।

यहाँस्थित नेपाली राजदूतावासमा भएको सो भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यसअन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसीस्थित नेपाली राजदूतवासले जनाएको छ ।

एमसिसी कम्प्याक्टअन्तर्गत नेपालको विद्युतीय प्रसारणलाइन निर्माण र सडकको स्तरोन्नतिसम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन् । उक्त कम्प्याक्टमा एमसिसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो ।

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका आएकी परराष्ट्रमन्त्री डा. राणा यहाँबाट कतारको दोहा प्रस्थान गर्नुअघि सो भेटघाट भएको हो ।