मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ७ आइतबार २१:१३:oo
Read Time : < 1 मिनेट
फिचर

साधारण व्यक्ति असाधारण कामः जसले फुलचोकीको जंगलबाट ६२ भन्दा धेरैको उद्धार गरे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ७ आइतबार २१:१३:oo

काभ्रेपलाञ्चोकको रोशी स्थायी घर भई ललितपुरको गोदावरी–३ बस्ने दावा तामाङ गाडी चलाउने पेसामा आबद्ध छन्। साधारण जीवन बिताइरहेका दावाका केही काम भने असाधारण छन्। 

गोदावरी–फुलचोकी जंगलमा घुम्न गएका ६२ जनाभन्दा धेरैको उनले उद्धार गरिसकेका छन्। फुलचोकीको जंगलमा कोही हराउनेबित्तिकै खोजीका लागि प्रहरीले उनलाई नै सम्झने गर्दछ। 

उनको यही असाधारण कामको कदर गर्दै ललितपुर प्रहरीले उनलाई आइतबार सम्मान गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले कदरपत्रसहित उनलाई सम्मान गरे। ‘उहाँले जंगलमा हराएका ६२ भन्दा धेरैको खोजीमा निस्वार्थ भावनाले स्वतःस्फुर्त रूपमा हामीलाई सघाउनुभएको छ,’ एसएसपी खनाल भन्छन्, ‘त्यहाँको जंगलको कुना–कुना थाहा भएकाले कोही हराए कि खोज्न उहाँलाई नै बोलाउने गरिएको छ।’

फुलचोकी–गोदावरी जंगलमा घुम्न गएकाहरू हराउने र मोबाइल पनि नलाग्ने भएकाले उद्धारमा प्रहरीलाई समेत समस्या हुने गरेको छ। तामाङलाई त्यहाँको जंगलका भूभागबारे धेरै थाहा भएकाले उद्धारमा प्रहरीले उनको सहयोग लिँदै आएको छ। 

उद्धारमा सघाउने दावासहित चेतनाथ बजगाईं र लक्ष्मीप्रसाद सुवेदीलाई पनि ललितपुर प्रहरीले सम्मान गरेको छ।