मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ४ बिहीबार
  • Tuesday, 11 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष ४ बिहीबार २o:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

हिटर ताप्ने क्रममा ग्यास लिक भएर टोखास्थित घरमा आगलागी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष ४ बिहीबार २o:३३:oo

काठमाडौंमा टोखामा हिटर बाल्ने क्रममा ग्यास चुहिएर घरमा आगलागी भएको छ। टोखा नगरपालिका- ६, घापासीस्थित कुँवर टोलस्थित भाइकाजी श्रेष्ठको साढे तीनतले घरमा आगलागी भएको हो। ८ वटा दमकलले आगो नियन्त्रणमा लिएको काठमाडौं परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए। 

आगलागीमा मानवीय क्षति भएको छैन। घरको भित्री भाग जलेर नष्ट भएको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका साथै काठमाडौं महानगरका नगर प्रहरी गरी एक सय चार सुरक्षाकर्मी आगो नियन्त्रणमा खटिएका थिए। स्थानीयसमेतको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा आएको एसपी अधिकारीले बताए। 

५ बजेर २३ मिनेटमा सुरु भएको आगलागी साँझ साढे सात बजे नियन्त्रणमा आएको हो। आगलागीका कारण सो घरआसपासका बासिन्दासमेत आतंकित बनेका थिए।

ग्यास हिटर प्रयोग गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको हो। जाडोमा ग्यास हिटर प्रयोग गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।