१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १५ मंगलबार
  • Tuesday, 01 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १५ मंगलबार १२:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाउन्ने सडकखण्ड मर्मतका लागि बेलुका बन्द गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १५ मंगलबार १२:४३:oo

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड मर्मतका लागि मंगलबार बेलुका बन्द हुने भएको छ।

मंगलबार राति १० बजेदेखि बुधबार बिहान ५ बजेसम्म राजमार्गको सो खण्ड बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ।

अविरलको वर्षाले बर्दघाट नगरपालिका– ४ दाउन्ने जंगलखण्डमा सडकको रिटेलिङ वाल भत्किएको छ। साथै करिब चार मिटर सडक भासिएको र विद्युत् प्रसारणको हाइटेन्सन टावरसमेत ढलेपछि सडक सोमबार बेलुकादेखि बन्द रहेकोमा मर्मत गरी मंगलबार बिहानबाट सञ्चालनमा ल्याइएको छ।

सहज रूपमा यातायात सञ्चालनका लागि थप मर्मतको काम गर्नुपर्ने भएकाले रातिको समयमा सडक बन्द गर्न लागिएको नवलपरासीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन्।