१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
रासस वासिङ्टन
२o८१ असोज १४ सोमबार १४:५७:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

अन्तरिक्षमा फसेका दुई यात्रीको ‘स्पेसएक्स मिसन’सँग भेट

Read Time : > 1 मिनेट
रासस, वासिङ्टन
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १४:५७:oo

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्काउने ‘स्पेसएक्स मिसन’को ‘ड्रयागन क्याप्सुल’ इनटरनेसनल स्पेस स्टेसन (आइएसएस)सँग जोडिएको छ। 

फाल्कन– ९ रकेटले फ्लोरिडाको केप क्यानवेरलबाट शनिबार अपराह्न १ः१७ बजे उडान भरेको थियो। ड्रैगन अन्तरिक्ष यानमा सवार क्रु–९ मिसनले आइतबार साँझ ५ः३० बजे आइएसएससँग सम्पर्क गरेको थियो।

‘ड्रयागन क्याप्सुल’ले आइएसएससँग जोडिएपछि नासाका अन्तरिक्ष यात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभ साँझ ७ बजेपछि आफ्ना तैरिरहेका सहकर्मीलाई अँगालो हालेर स्टेसनमा चढेका थिए।

‘म ड्रागन फ्रिडमबाट हाम्रो नयाँ कम्प्याडरहरूलाई स्वागत गर्न चाहन्छु,’ फसेका दुई अन्तरिक्षयात्रीहरूमध्ये एक यात्री स्टेसन कमान्डर सुनी विलियम्सले भने। हेग र गोर्बुनोभ फेब्रुअरीमा अन्तरिक्ष स्टेसनबाट फर्किँदा उनीहरूले अन्तरिक्षविद् विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउनेछन्।

बोइङले डिजाइन गरेको अन्तरिक्ष यान (स्टारलाइनर)को समस्याका कारण आइएसएसमा उनीहरूको बसाइ महिनौँसम्म लम्बिएको थियो। बिल्मोर र विलियम्सलाई गत जुनमा आइएसएसमा पुर्‍याउँदा नयाँ विकसित स्टारलाइनरले चालक दलसहितको आफ्नो पहिलो उडान गरिरहेको थियो।

उनीहरू त्यहाँ केवल आठ दिनका लागि मात्र हुनुपर्ने थियो, तर त्यहाँ उडानको क्रममा स्टारलाइनरको ‘प्रोपल्सन सिस्टम’मा समस्या देखापरेपछि नासाले योजनामा आमूल परिवर्तन गर्न बाध्य भएको थियो।

स्टारलाइनरको सफल अवतरणको विश्वसनीयताबारे हप्तौँको गहन परीक्षणपछि नासाले अन्ततः यसलाई आफ्नो चालक दलविना पृथ्वीमा फर्काउने निर्णय गरेको थियो।

अर्बपति एलन मस्कद्वारा स्थापित निजी कम्पनी स्पेसएक्सले आइएसएस चालक दलका सदस्यहरूलाई घुमाउन अनुमति दिन प्रत्येक ६ महिनामा नियमित मिसनहरू उडान गर्दै आएको छ।

तर, नासाका विशेषज्ञहरूलाई स्टारलाइनरको विश्वसनीयताको मूल्यांकन गर्न र कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्न थप समय दिनका लागि क्रु–९ को प्रक्षेपण अगस्टको मध्यदेखि सेप्टेम्बरको अन्त्यसम्म स्थगित गरिएको थियो।

हेग र गोर्बुनोभले करिब पाँच महिना आइएसएसमा बिताउनेछन्। विल्मोर र विलियम्सले त्यहाँ आठ महिना बिताउनेछन्।  क्रु–९ ले आफ्नो बसाइको क्रममा करिब २०० वैज्ञानिक प्रयोगहरू सञ्चालन गर्नेछ।