१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार १६:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से २५ सय विन्दुमाथि पुग्दा कारोबार रकम खुम्चियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १६:o२:oo

नेप्से परिसूचक दोहोरो अंकले बढेर पुनः २५ सय विन्दुभन्दा माथि पुगेको छ। लगातारजसो घटिरहेको नेप्से सोमबार ४४.४५ अंकले बढेर दुई हजार पाँच सय ८.८६ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.४४ प्रतिशतले बढेको छ।

आज ३१९ कम्पनीका ९७ लाख १७ हजार कित्ता सेयर तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। नेप्सेसँगै खुम्चिरहेको कारोबार रकम सोमबार चार अर्बभन्दा तल झरेको हो।

बजारसँगै आज २१० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३३ कम्पनीको मूल्य घटेको छ। सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर विकास कम्पनीको सेयर मूल्यमा बढोत्तरी भएको छ। यो कम्पनीमा सकारात्मक सर्किट लाग्दा कुमारी सबल योजना, युनाइटेड मोदी हाइड्रो, सर्वोत्तम सिमेन्ट, सोनापुर मिनरल्सका लगानीकर्ताले पनि नौ प्रतिशतभन्दा धेरै आर्जन गरेका छन्।

प्रभु सेलेक्ट फन्डका लगानीकर्ताले सर्वाधिक नौ प्रतिशतभन्दा धेरै गुमाएका छन् भने नबिल ब्यालेन्स फन्ड २ र प्रभु स्मार्ट फन्डको सेयर मूल्य पनि सात प्रतिशतभन्दा धेरैले घटेको छ।

आज म्युचल फन्डबाहेक नेप्सेका सबै उपसमूह बढेका छन्। म्युचल फन्ड ०.६० प्रतिशतले घट्दा वित्त चार प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ। होटेल तथा पर्यटन र उत्पादन तीन प्रतिशतभन्दा धेरैले बढेका छन्।