१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार १७:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काभ्रेमा अलपत्र परेका १४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौं ल्यायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १७:५३:oo

सडक अवरुद्ध भएपछि काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न ठाउँमा अलपत्र परेका १४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौं ल्याएको छ। 

सोमबार बिहान सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएका तीनवटा बसले धुलिखेलबाट करिब १५ किलोमिटरपूर्व दाहालडाँडाबाट १३ महिला, ४९ पुरुष र ३ बालबालिका गरी ६५ जनालाई काठमाडौं ल्याएको हो। 

यसैगरी, काभ्रेको विभिन्न ठाउँबाट हेलिकोप्टरमार्फत धुलिखेल ल्याइएका ४२ जना महिला, ३३ पुरुष र आठजना बच्चा गरी ८३ जनालाई काठमाडौं ल्याइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।