१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार १६:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नागढुंगाबाट डेढ हजारभन्दा बढी सवारीसाधन भित्रिए, काठमाडौंबाहिर पनि पठाउने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १६:५८:oo

पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार ७०७ सवारीसाधन काठमाडाैं उपत्यका भित्रिएका छन्।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साँझदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरूसहित लिएर सयौँ सवारीसाधन काठमाडौं भित्रिएको जानकारी दिए।

त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौंबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता तिवारीले बताए।

‘आजबाट उपत्यकाबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारीसाधन बाहिरनेछन्,’ उनले भने, ‘मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसित समन्वय गरेर अघि बढेको छ।’

त्यसैगरी, सोमबार दिउँसो गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठकसमेत डाकेका थिए। बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बाढी, पहिरो, डुबान तथा विपतमा भइरहेको उद्धार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका छन्।

‘आज साँझसम्म काभ्रेपलाञ्चाेकको बिपी राजमार्गअन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुको उद्धार भइसक्छ,’ प्रवक्ता तिवारीले भने, ‘अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्धारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरूको उद्धार निरन्तर गरिरहेको छ।’

प्रवक्ता तिवारीले मौसम पूर्ण रूपमा सामान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरे।