१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार १६:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धुलिखेलदेखि मान्ती खोलासम्म तीन किलोमिटर सडक अवरुद्ध

भकुण्डेबेंसीसम्म आज साँझबाट संचालन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १६:२o:oo

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलदेखि मान्ती खोलासम्मको ५२ किलोमिटर सडकमध्ये तीन किलोमिटर सडक बाढीपहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार धुलिखेलदेखि भकुन्डेबेँसीसम्मको सडक भने सोमबार साँझसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

हाल काभ्रेभञ्ज्याङसम्म मात्र सडक  सञ्चालनमा छ।  काभ्रेभञ्ज्याङदेखि कटुन्जेबेँसीसम्म ठाउँ–ठाउँमा पहिरोका कारण ७५० मिटर सडक अवरुद्ध भएको छ। आइतबारदेखि नै पहिरो पन्छाउने काम भइरहेको र आज साँझसम्म सडक सञ्चालन गर्ने तयारी छ।

त्यस्तै, रोशीपुलदेखि मंगलटारसम्म एक हजार सात सय मिटर सडकमा बाढी र पहिरोका कारण क्षति पुगेको छ। 
त्यस्तै, मंगलटारदेखि मान्ती खोलासम्म ११ किलोमिटर सकडमध्ये १४ सय मिटर सडक अवरुद्ध छ।

रोशीदेखि मान्ती खोलासम्मको सडकखण्डमा रोशी खोलाको बाढीले सडक नै गायब बनाएकाले तत्काल सञ्चालन हुन कठिन रहेको प्रहरी अधिकारीले बताएका छन्। सो सडकखण्ड ठाउँ–ठाउँमा बाढीले कटान गर्दा सयौँ यात्रु बिचमा अलपत्र परेका थिए। केहीको उद्धार भएकोमा केही अझै उद्धारको प्रतीक्षामा छन्। केही पैदल हिँडेर सुरक्षित स्थानतर्फ गएका छन्।