१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार १८:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीपहिरो प्रभावित जिल्लामा समन्वय गर्न गृहले बनायो कार्यदल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १८:५o:oo

बाढीपहिरोबाट प्रभावित आठ जिल्लामा यथोचित राहत उपलब्ध गराउन तथा थप समन्वय र सहजीकरण गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ। 

आठजना सहसचिवको संयोजकत्वमा बाढीपहिरो प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी आठ जिल्लाका लागि कार्यदल गठन भएको हो।

काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको मन्त्रालयले जनाएको छ। 

आठैजना सहसचिव गृहमा जिम्मेवारविहीन थिए। कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहनेछन्। कार्यदललाई आगामी २० पुससम्मको समयसीमा दिएर कार्यक्षेत्र तोकिएको छ।

उनीहरूलाई अति भारी वर्षका कारण उत्पन्न बाढीपहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने र मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गर्ने जिम्मेवारी दिइएको छ। 

त्यस्तै, क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने तथा विपत् पीडित नागरिकहरूको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए।