१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार १८:५३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हिलो खोतल्दै फोहोर पानीले पखालेरै जोगाड [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १८:५३:oo

लगातारको वर्षाले योपटक काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा ठुलो मानवीय र भौतिक क्षति भएको छ। ४८ घन्टा बितिसक्दा राजधानीमै डुबानमा परेको क्षेत्रका नागरिकको भौतिक सम्पत्ति निकाल्न भने पहल भएको छैन।

नदी करिडाेर र भित्री बस्तीहरूमा जाने बाटोमा गेग्य्रान थुप्रिएर हिँड्न सक्ने स्थिति छैन। सिरक, डस्ना, चामललगायतका अत्यावश्यक सामान बाढीले बगाएको र हिलोले पुरिएको छ।

बचेका सामान हिलोबाट निकालेर फोहोर पानीले नै पखालेर जोगाड गरिरहेका छन् प्रभावितहरू। बाढीपछि बस्तीहरूको अवस्था निकै कारुणिक देखिन्छ।

पिउने पानीसमेत नरहेको अवस्थामा हातगोडा धुन र सरसफाइ झनै परको कुरा। स्थानीय, प्रदेश वा केन्द्र सरकारबाट काेही पनि आफूहरूको अवस्था बुझ्न नआएका उनीहरूको गुनासो छ।

तस्बिरमा हेर्नुस् बाढीपछिकाे अवस्था :