१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार २१:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेलम्चीका बाढीपहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गर्छुः खानेपानीमन्त्री यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार २१:o२:oo

खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढीपहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताएका छन्।

मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, संघर्ष समितिका प्रतिनिधि, संघीय सरकारका विषयगत मन्त्रालयका प्रतिनिधिहरूसँग मन्त्रालयमा आज भएको छलफलमा मन्त्री यादवले मेलम्ची बाढीपहिरोपीडितका मागको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताएका हुन्।

उनले भने, ‘संघर्ष समितिका जायज मागप्रति हामी सबै चिन्तित छौँ, चिन्ता लिएर म अघि बढेको छु। जायज मागहरूको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको छु।’

खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सातादेखि नै आफूले मेलम्चीपीडितका विषयमा जानकारी तथा चासो लिई गम्भीरताका साथ लिएको मन्त्री यादवले जानकारी गराए।