१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार २१:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार २१:o८:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियासँग भेटवार्ता गरेकी छिन्।  

संयुक्त राज्य अमेरिकाको वासिंटन डिसीस्थित नेपाली राजदूतावासमा  सोमबार भएको भेटवार्तामा नेपाल अमेरिका आपसी हितका विविध विषयका साथै शान्ति, मानव अधिकार र प्रजातन्त्रका विषयमा कुराकानी भएको थियो। 

सो भेटमा मन्त्री डा. राणाले नेपाल सदैव शान्ति, मानव अधिकार र प्रजातन्त्रका पक्षमा रहेको भन्दै नेपालको संसद्ले हालै पारित गरेको संक्रमणकालीन न्यायसम्बन्धी कानुनका बारेमा उपविदेशमन्त्री जियालाई जानकारी गराएकी थिइन्। नेपालले पीडितमैत्री सो कानुन पारित गरेको र शान्ति प्रक्रियाका बाँकी कामहरू पनि छिट्टै टुंग्याउने उनको भनाइ थियो।

संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका पुगेकी मन्त्री डा. राणा वासिंटन डिसीमा छिन्।