१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
रासस त्रिशूली
२o८१ असोज १४ सोमबार १४:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२  जना घाइते

Read Time : < 1 मिनेट
रासस, त्रिशूली
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १४:४६:oo

छहरे–टोखा सडक खण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा माइक्रोबस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन्।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए।

काठमाडौंबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रोबस अपराह्न १ बजे अदुवाबारी मोडमा अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५० मिटर तल खसेको घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई उदृत गर्दै कोइरालाले जानकारी दिए।

उनका अनुसार उक्त गाडीमा १८ जना सवारमध्ये गम्भीर दुईसहित १२ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। पृथ्वी राजमार्ग कम्पनी प्रालिमार्फत सञ्चालित ग.१ख ४५३५ नम्बरको माइक्रोबस धादिङको विभिन्न स्थानमा गएको पहिरोका कारण काठमाडौंको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटनास्थलमा ठुलो भिर भए पनि मौवाको रुखमा गाडी अड्किएकाले ठुलो क्षति हुनबाट जोगिएको छ।