१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार १४:oo:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले तोक्यो सचिवहरूको जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १४:oo:oo

लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपतको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।

लुम्बिनी प्रदेशमा तीन दिनको अविरल वर्षाका कारण तुलनात्मक रूपमा क्षति कम भए पनि देशभर मानवीय र भौतिक क्षति बढी भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपतअघि, विपतको वेलामा र विपतपछिको अवस्थामा सबै निकायबाट हुने सहकार्यले सम्भावित घटना न्यूनीकरण गर्न मद्दत पुग्ने भएकाले सबै संयन्त्र परिचालनमा जोड दिइएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशमा सरुवा भएर आएका सचिवहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको छ। भीमार्जुन पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, भूपेन्द्र थापालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र ईश्वराज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी तोकिएको छ।

यस्तै, मन्त्रिपरिषद् बैठकले नवलपरासी बर्दघाट सुस्ता पश्चिममा सडक पूर्वाधार विकास कार्यालय खोल्ने निर्णय गरेको मन्त्री ढकालले जानकारी दिए। यसअघि प्रदेशका ११ जिल्लामा मात्रै सडक पूर्वाधार कार्यालयहरू थिए।

यस्तै बैठकले प्रदेश राजपत्र तथा कानुनहरूको सम्पादन  र प्रकाशन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।