१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ असोज १४ सोमबार १४:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुगलको तेगामा हेलिकोप्टरबाट खाद्यान्न लगियो

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १४:३४:oo

पहिरोले गाउँ पुरेर विस्थापित सिन्धुपाल्चोकको जुगल गाउँपालिका– ३ तेगाका स्थानीयलाई नेपाली सेनाको हेलिकोप्टरबाट खाद्य सामग्री लगिएको छ।

१२ गते बिहान गएको पहिरोले नौ घरमध्ये पाँच घर पुरेको छ। गाउँका सबै मानिस विस्थापित भएका छन्। घरमा भएको कोदो, मकै र आलु पहिरोमा पुरिएपछि दुई दिनदेखि खाद्यान्न अभाव थियो।

जुगल गाउँपालिकाको अनुरोधमा नेपाली सेनाले खाद्य सामग्री पुर्‍याएको अध्यक्ष रेशम स्याङ्बोले बताए। ‘जिल्ला विपत् व्यवस्थापन समितिलाई अनुरोध गरेर खाद्य सामग्री लगिएको हो,’ उनले भने।

पहिरोपछि हराइरहेका सातजना सम्पर्कमा आएका छन्। उनीहरू गाउँनजिकै जंगली खोँचमा ज्यान बचाउन बसेका थिए। पहिरो मत्थर भएपछि उनीहरू सम्पर्कमा आएको स्याङ्बोले बताए। 

अगस्ता एनए ०६७ नम्बरको हेलिकोप्टरले दुई खेप खाद्य सामग्री पुर्‍याएको छ। १० बोरा चामल, दुई बोरा दाल, नुन, चिउरा, तेल, लत्ताकपडा र ब्ल्यांकेट लगिएको हो।

सेनाले सिकिस्त अवस्थामा रहेकी एक महिलालाई उद्धार गरेर चौतारा अस्पताल ल्याएको छ। ४० वर्षीय दनरू शेर्पाको हातखुट्टा चल्दैन। उनी केही दिनदेखि बिरामी थिइन्। आवतजावत गर्ने गोरेटोबाटोसमेत पहिरोले पुरेपछि उपचारका लागि कहीँ जाने अवस्था थिएन।