१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार १३:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चणिकलाललाई कार्यवाहक प्रधानमन्त्रीको सम्मान

बागमती सरकारले डेढ लाख नगदसहित सम्मान गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १३:२२:oo

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नक्खुखोलाले बगाएका दुईजनाको उद्धार गर्ने चणिकलाल तामाङको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन्।

सोमबार सहरी विकास मन्त्रालयमा सिंहले तामाङलाई सम्मान गरेका हुन्। तामाङले शनिबार ललितपुर महानगरपालिका– २५ सुगम टोलस्थित नक्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए।

कार्यवाहक प्रधानमन्त्री सिंहले मानवीय भावना देखाएर नदीमा बगिरहेकाहरुको उद्धार गरेको भन्दै तामाङको साहसी कामको प्रशंसा गरे।

यसैबिच, तामाङलाई बागमती प्रदेश सरकारले डेढ लाख नगदसहित सम्मान गर्ने भएको छ। मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुईजनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए।