१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार ११:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पहिरोमा ज्यान गुमाएका मकवानपुरे खेलाडीको शव हेटौँडा ल्याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार ११:o७:oo

गएको शनिबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको टेकरमा पहिरोमा परि ज्यान गुमाएका मकवानपुरका दुई  र बाराका एकजना खेलाडीको शव सोमबार हेटौँडा ल्याइएको छ । सोमबार बिहान ल्याइएका शवहरुलाई जिल्ला खेलकुद विकास समितिको प्रांगणमा  राखेर श्रद्धान्जली सभाको आयोजना गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ मा रहेको वत्सला मावि सिस्नेरीमा सञ्चालन गरेको एन्फा एकेडेमीकाे पहिरोमा परि मृत्यु भएका ६ मध्ये मकवानपुरका तीन जना खेलाडीको मृत्यु भएको थियो । 

सोमबार मकवानपुरका तीन मध्ये दुई जना खेलाडीहरु अनुपम घलान र साइमन योञ्जनको शव हेटौँडा ल्याइएको हो । यस्तै बाराका विकल रेग्मीको शव पनि हेटौँडा ल्याइएको थियो । उनीहरुको शव काठमाडौंमा पोस्टमार्टमपछि हेलिकप्टरबाट हेटौँडा ल्याइएको हो । मकवानपुरको सिस्नेरीका दिवस बानियाँको भने काठमाडौंमा आन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ ।

श्रद्धान्जली सभा कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीथराज चिलवाल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सीताराम रिजाल, जनप्रतिनिधि, विभिन्न खेलकुदा सम्बद्ध संस्थाका प्रमुख एवं प्रतिनिधि, विभिन्न खेलका प्रशिक्षक, खेलाडीलगायतको उपस्थिति रहेको थियो ।