१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार १२:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्सका तीन म्युचुअल फन्डको लाभांश घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १२:o९:oo

 सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित तीन योजनाको प्रतिफल घोषणा भएको छ । कोष व्यवस्थापक सिटिजन्स क्यापिटलको १३ असोजमा बसेको सञ्चालक समिति बैठकले यी योजनाका इकाइधनीलाई गत आव ०८०/८१ को मुनाफाबाट प्रतिफल दिने निर्णय गरेको हो ।

यसअन्तर्गत सिटिजन्स म्युचुअल फन्ड–१ ले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड–२ ले ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फन्डले इकाइधनीलाई करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्नेछन् । 

प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि क्यापिटलले असोज २३ गते एक दिन तीनवटै योजनाको बुक क्लोज गर्नेछ । आर्थिक चुनौतीका बाबजुद पनि सिटिजन्स क्यापिटलअन्तर्गतका तीनैवटा योजनामा लाभांश दिन सक्षम भएको क्यापिटलले जनाएको छ ।