१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार १२:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनएमबि बैंकद्वारा मुटु दिवसमा निःशुल्क शिविर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १२:oo:oo

एनएमबि बैंकले विश्व मुटु दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बैंकले बबरमहल, धरान, मिलनचोक र महेन्‍द्रनगर शाखामा निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरेको हो । ग्राहक तथा समुदायमा रहेका मानिसलाई मुटुको स्वास्थ्यसम्बन्धी चेतना जगाउने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको बैंकले जनाएको छ । 

शिविरमा स्वास्थ्यकर्मी र विशेषज्ञले साधारण स्वास्थ्य परीक्षण गरी मुटुलाई स्वस्थ राख्‍न आवश्यक जानकारी उपलब्ध गराएका थिए । साथै, यसै कार्यक्रमका माध्यमबाट मुटुसम्बन्धी रोग लाग्नबाट बच्ने प्रमुख कारण खानपान, स्वस्थ जीवनशैली, नियमित व्यायाम र स्वास्थ्य परीक्षण हुनुपर्नेमा जोड दिए ।