१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार १२:o४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

फोनपे र कर्मचारी सञ्चय कोषबिच डिजिटल भुक्तानीसम्बन्धी साझेदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १२:o४:oo

फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच एपीआइ आधारित होस्ट-टु-होस्ट (H2H)भुक्तानीको सुविधा प्रदान गर्न एक महत्वपूर्ण साझेदारी भएको छ।

यो इन्टेग्रेशनले, कर्मचारी सञ्चय कोषको एप (इआरपी) प्रणालीलाई फोनपेको भुक्तानी प्रणालीसँग जोडेको छ। यसो गर्दा, कर्पोरेट भुक्तानीहरु जस्तै, व्यवसायदेखि ग्राहक (B2C), व्यवसायदेखि व्यवसाय (B2B) र व्यवसायदेखि सरकार (B2G) सम्मको भुक्तानी सरल अनि सजिलो भएको छ। साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्ममार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ।

यस रणनीतिक साझेदारीको फलस्वरुप, अब कर्मचारी सञ्चय कोषमा आबद्ध सदस्यहरूले मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ र ओम्नि च्यानल वेबसाइटहरूमार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्ने छन्। आधुनिक डिजिटल भुक्तानी पूर्वाधार जस्तै H2H भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरुको साथसाथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउँछ।

फोनपे, नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक हो। एफवान सफ्ट समूहको सहायक कम्पनी, फोनपे एक आइएसओ/आइइसी २७००१:२०२२ प्रमाणित कम्पनी हो।