१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार १o:१३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गण्डकी सरकारको ५९ बुँदे साझा संकल्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार १o:१३:oo

गण्डकी प्रदेश सरकारले साझा संकल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक गरेको छ । कांग्रेस र एमालेका प्रमुख सचेतकले तयार गरेको ५९ बुँदे साझा संकल्प र नीतिगत प्रतिबद्धता आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । 

‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’को सोचलाई मूर्त रूप दिने संकल्पसहित नीतिगत प्रतिबद्धता सार्वजनिक गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । सार्वजनिक गरिएको साझा संकल्प र नीतिगत प्रतिबद्धतामा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएका अधिकांश कार्यक्रम र विषयवस्तु छन् ।

मुख्यमन्त्री पाण्डेले वित्तीय र प्रशासनिक अधिकार प्राप्तिका लागि संघीय सरकारसँग आवश्यक समन्वय र सार्थक पहल गर्ने, प्रदेश आयोजना बैंकलाई पूर्ण कार्यान्वयन गरी तथ्यांक प्रणाली र अनुगमन तथा मूल्यांकनलाई व्यवस्थित गर्ने, सहकारीमा देखिएका अनियमितता तथा अपचलनलाई रोक्न प्रभावकारी अनुगमन र नियमन गर्दै बचतकर्ताको बचत सुरक्षण गर्न गम्भीरतापूर्वक कार्य गर्नेलगायत संकल्प र नीतिगत प्रतिवद्धता अगाडि बताए । एमाले संसदीय दलका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रदेशको औचित्य पुष्टि गर्ने गरी संयुक्त सरकारले काम गर्ने बताए ।