१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
२o८१ असोज १४ सोमबार ११:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई जनाको ज्यान जाेगाउने चणिकलाललाई प्रदेश सरकारले डेढ लाख नगदसहित सम्मान गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार ११:२२:oo

शनिबारको अविरल वर्षापछिको बाढीले ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको ज्यान जोगाउने काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले नगदसहित सम्मान गर्ने भएको छ ।बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नो ज्यान जोखिममा पारेर पनि अरुको उद्धारमा खटिएका चणिकलाललाई प्रदेश सरकारका तर्फबाट नगद डेढ लाखसहित सम्मान गर्ने जानकारी दिए । उनले चणिकलालको साहासले बग्दै गरेका दुई जनाको ज्यान जोगिएको भन्दै प्रशंसासमेत गरे ।

मुख्यमन्त्री लामाले चणिकलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी गराएका छन्। काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहट जिल्लाका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्दार गरेका थिए ।

‘विपद् प्रतिकार्यमा चणिकलालले खेलेको भुमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गरेको छ । उनको साहासिक कामले विपद् व्यवस्थापनमा आम नागरिकले कस्तो भुमिका खेल्न सक्छन् भन्ने उदाहरण र प्रेरणा मिलेको छ,’ मुख्यमन्त्री लामाले भने, ‘आगामी दिनमा विपद् प्रतिकार्यका लागि चणिकलाल जस्ता युवालाई प्रदेश सरकारले साथमा आवश्यक सहयोग र तालिमको व्यवस्था गर्छ ।’

प्रदेशका १३ वटै जिल्लामा विपद् व्यवस्थापन, उद्धार र राहतको कामलाई तिव्रता 
यसैबीच मुख्यमन्त्री लामाले विपद् व्यवस्थापन र बाढी, पहिरो प्रभावितको तत्कालिन उद्दार र राहत व्यवस्थापनका लागि प्रदेश सरकारले १३ वटै जिल्लामा आवश्यक जनशक्ति व्यवस्थापन गरेको बताएका छन्। विपद् प्रभावितको उपचारका लागि सबै जिल्लामा टोलि परिचालन गरिएको जानकारी गराउँदै उनले नि:शुल्क उपचारको व्यवस्था मिलाइएको जानकार दिए । यस्तै तत्काल राहत र अस्थायी बसोबासका लागि आवश्यक प्रवन्ध मिलाउँने काम भइरहेको मुख्यमन्त्री लामाको भनाइ छ ।

उनले संघीय सरकारसँगको समन्वय र स्थानीय सरकारसँगको सहकार्यमा पीडितलाई थप राहतको व्यवस्थापन गरिने पनि बताए । यसैगरी बाढी र पहिरोका कारण क्षति पुगेका राजमार्ग र ग्रामिण सडकहरुलाई दशै अघि नै सुचारु गर्नगरी काम सुरु भइसकेको पनि जानकारी दिए ।