१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार ११:४३:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

अर्जुन दाहालको कविता संग्रह ‘हिँड्न बाँकी बाटाहरू’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार ११:४३:oo

कवि तथा गीतकार अर्जुनबाबु दाहालले कविता संग्रह ‘हिँड्न बाँकी बाटाहरू’ सार्वजनिक गरेका छन् । शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा दाहालको  कविता संग्रह हिड्न बाँकी बाटोहरूको विमोचन गरिएको हो। लामो समय स्वास्थ्य पेसामा आबद्व भएका दाहालले यसै कविता संग्रहबाट कविको पहिचान थपेका हुन् । 

कार्यक्रममा वरिष्ठ गीतकार एवं कवि दिनेश अधिकारीले दाहालका कवितामा सकारात्मक सोच भेटिएको दाबी गरे । उनले भने,‘उहाँका कवितामा व्यङ्ग्य, विद्रोह र आलोचना जे गर्दा पनि सकारात्मक सोच भेटिन्छ, यो कविताको राम्रो पक्ष हो ।’ दाहालले कविको रूपमा आफ्नो जन्म घोषणा गरेको भन्दै यो पहिचानलाई सदैव बचाइराख्न शुभकामना समेत दिए। 

कार्यक्रममा पुर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले कविले हृदयबाट नै कविता लेखेको भन्दै आफू लेखनको प्रगतीको पक्षधर भएको भन्दै शुभकामना दिए । कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले कविताको शीर्षकले आशावादी बोध गराउने भएपनि  कवितामा हिँडिसकेका बाटाहरू आएको टिप्पणी गरिन् । यस्तै कवितामा प्रयोग भएको सरल भाषाले सामान्य पाठकले पनि सजिलै बुझ्न सक्ने बताइन्। 

कार्यक्रममा वरिष्ठ कवि एवं साहित्यकार डा. नवराज लम्सालले दाहालले जीवनको सार कवितामा उतारेको र नेपाली साहित्य जगतमा नयाँ कविको जन्म भएको बताए। 

कार्यक्रममा कवि दाहालले आफूले आफ्नो जिन्दगी भोगाइ र अब हिड्न बाँकी जिन्दगीका बाटोलाई समेटेर कविता संग्रह सार्वजनिक गरेको बताए।