१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौंं
२o८१ असोज १४ सोमबार ११:४६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कुमारीको क्यासब्याक अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौंं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार ११:४६:oo

कुमारी बैंकले ‘दसैँ उत्सव क्यासब्याक अफर’ ल्याएको छ । घटस्थापनादेखि महानवमीसम्मको नौ दिन सञ्चालनमा रहने यस अफरमार्फत कुमारी बैंकका सेवाग्राहीले  डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिदबापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम पाँच सय एकबराबरको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । 

यो योजनाअन्तर्गत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान आठ बजेदेखि बेलुका ११: ५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यसप्रकारको क्यासब्याकले सेवाग्राहीमा विद्युतीय भुक्तानीका माध्यममार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।