१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १४ सोमबार
  • Monday, 30 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १४ सोमबार ११:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टेलिकमको दसैँ–तिहार अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १४ सोमबार ११:३५:oo

नेपाल टेलिकमले दसैँ–तिहार तथा छठलगायतका पर्वलाई लक्षित गर्दै ‘दसैँ अफर २०८१’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत सहुलियत दरका भ्वाइस, डेटा तथा एफटिटिएचका प्याकेज उपलब्ध हुनेछ । 

जिएसएम प्रयोगकर्ताले सात सय ९९ रुपैयाँमा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जिबी डेटा र ५०० अल नेट एसएमएस सुविधा पाउनेछन् । साथै,  दुई सय ५० रुपैयाँमा एक हजार मिनेट अल नेट भ्वाइस सुविधासहितको एक हजार मिनेट अल नेट भ्वाइस कल अफर र ९९ रुपैयाँमा एक हजार अन नेट एसएमएस सुविधाको एक हजार अन नेट एसएमएस प्याकेज उपलब्ध हुनेछ । यी सबै प्याकेजमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ । अफर २३ कात्तिकसम्म लागू हुनेछ ।  

अफरमा साबिकका एफटिटिएचका प्याकेजहरूमा साबिककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध हुनेछ । ५०, ७५, १००, १५० र २०० एमबिपिएस गतिका एफटिटिएच डेटा र कम्बो प्याकेजमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबिपिएस ब्यान्डविथ कायम गरिएको छ । यो अफर उल्लिखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवं प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै, एफटिटिएच नयाँ जडानमा जडान शुल्क पाँच सय रुपैयाँ मिनाहासमेत गरिएको बताइएको छ ।